मलाई एउटी केटी चाहियो
व्यवहारमा म भन्दा जेठी चाहियो
कुनै मोल तोल नगरी
कुनै हिसाब किताब नगरी
फाटेको जामा टाल्न सक्ने
जीवनलाई सहजतामा ढाल्न सक्ने
मलाई एउटी केटी चाहियो
व्यवहारमा म भन्दा जेठी चाहियो ।
केही पढेकी आँखाको कोष गढेकी
केही जानेकी परिवारलाई मानेकी
केही बुझेकी अर्कैलाई नचुजेकी
केही टाठी म भन्दा बाठी
काठि नखोजेनी कुलघरना खाँटी
दु:खमा नआत्तिने
सुखमा नमात्तिने
मलाई एउटी केटी चाहियो
व्यवहारमा म भन्दा जेठी चाहियो
सून छुन नहुने
नून नछोई नहुने
हीरा मोतीमा खोट देख्ने
मेरो दु:खमा चोट देख्ने
बोली बचन मीठो भएकी
कुरा भन्दा काममा छिटो भएकी
मलाई एउटी केटी चाहियो
व्यवहारमा म भन्दा जेठी चाहियो
फेसबुकको नाम थाहा पाएकी
इन्टरनेटको ई होइन
कम्प्युटरको की थाहा पाएकी
फेसनमा नभुलेकी
दुई गाला फुलेकी
केही काली भए पनि
मन खाली भएकी
मलाई एउटी केटी चाहियो
व्यवहारमा म भन्दा जेठी चाहियो ।
व्यवहारमा म भन्दा जेठी चाहियो
कुनै मोल तोल नगरी
कुनै हिसाब किताब नगरी
फाटेको जामा टाल्न सक्ने
जीवनलाई सहजतामा ढाल्न सक्ने
मलाई एउटी केटी चाहियो
व्यवहारमा म भन्दा जेठी चाहियो ।
केही पढेकी आँखाको कोष गढेकी
केही जानेकी परिवारलाई मानेकी
केही बुझेकी अर्कैलाई नचुजेकी
केही टाठी म भन्दा बाठी
काठि नखोजेनी कुलघरना खाँटी
दु:खमा नआत्तिने
सुखमा नमात्तिने
मलाई एउटी केटी चाहियो
व्यवहारमा म भन्दा जेठी चाहियो
सून छुन नहुने
नून नछोई नहुने
हीरा मोतीमा खोट देख्ने
मेरो दु:खमा चोट देख्ने
बोली बचन मीठो भएकी
कुरा भन्दा काममा छिटो भएकी
मलाई एउटी केटी चाहियो
व्यवहारमा म भन्दा जेठी चाहियो
फेसबुकको नाम थाहा पाएकी
इन्टरनेटको ई होइन
कम्प्युटरको की थाहा पाएकी
फेसनमा नभुलेकी
दुई गाला फुलेकी
केही काली भए पनि
मन खाली भएकी
मलाई एउटी केटी चाहियो
व्यवहारमा म भन्दा जेठी चाहियो ।
No comments:
Post a Comment